प्रियंका मौन बस्ने
कथा काठमाण्डुको रातको कुरा बोलको गीतले अभिनेत्री प्रियंका कार्कीलाई ठूलो पिडा भएको छ । यो गीत सार्वजनिक भएपछि सामाजिक संजालमा आएका प्रतिक्रियाले प्रियंका सार्वजनिक कार्यक्रममा पुग्न छाडेकी छिन् ।

अब त उनी आफूले अभिनय गरेको सिनेमाको बिषयमा समेत मिडियासँग नबोल्ने मुडमा छिन् । भदौ ८ गते रिलिज हुन लागेको नाई नभन्नु ल ५ फिल्मको बिषयमा प्रियंकाले केही पनि नबोल्ने बताएकी छिन् । अहिले नै मिडिया फेस गरेर फेरि विवादमा फस्ने सोचमा उनी नपुगेको देखिन्छ ।
यसैले उनले नाई नभन्नु ल ५ का मेकरलाई आफूले फिल्मको प्रचारमा साथ दिन नसक्ने बताइसकेकी छिन् । प्रियंका अहिले पारिवारिक समय बिताइरहेकी छिन् । अमेरिकाबाट फर्किएपछि प्रियंका मिडियामा देखिएकी छैनन् ।
For More videos Log on to Mazzako TV








