नाम मिस्टर भर्जिन, हिरोइन पारिवारिक फिल्म भन्छिन्
मिस्टर भर्जिन नाम सुन्दा के दर्शकलाई यो पारिवारिक फिल्म लाग्ला रु तर, यो सिनेमाकी अभिनेत्री मरिष्का पोखरेल भने यसलाई पारिवारिक फिल्म भन्छिन् । राजधानी बाहिर फिल्म प्रमोशनमा दौडिएकी मरिष्काले मिस्टर भर्जिन नाम भएपनि यो पारिवारिक सिनेमा भएको र सबैले हेर्न मिल्ने बताइन् ।
यो सिनेमामा मरिष्का कल गर्लको भूमिकामा छिन् । मरिष्काले कल गर्लको भूमिका गर्नका लागि आफूले ठमेलको डान्स बारमा पुगेर धेरै कुरा सिकेको समेत बताइन् । भदौ १ गतेबाट रिलिज हुन लागेको यो सिनेमालाई लिएर आफू उत्साहित भएको उनले बताइन् ।
For More videos Log on to Mazzako TV