सिवानीको कही कतै के होला ?
सिक्किममा जन्मिएकी कलाकार सिवानी गिरीको मुख्य भूमिका रहेको कही कतै सिनेमा शुक्रबारदेखि रिलिज हुँदैछ । सिवानी यो फिल्मलाई पारिवारिक भन्न रुचाउँछिन् । नयाँ कलाकार भएपनि आफूले निकै मिहिनेत गरेकाले दर्शकले हेर्ने उनको तर्क छ ।
सविर श्रेष्ठले निर्देशन गरेको कही कतैलाई उमा बेबीले निर्माण गरेकी हुन् । कहि कतैबाट आफू आशावादी रहेको सिवानीले बताएकी छिन् । सिवानी अहिले फिल्मले भन्दा पनि आफ्नो बोल्ड अवतारले हिट छिन् । सिवानी समय र ठाउँ अनुसार बोल्ड हुनुपर्ने बताउँछिन् ।
उनले आफ्नो उद्देश्य फिल्ममात्र खेल्नु नभएको बताइन् । सिवानीले गाएको गीत चाडै नै बजारमा आउँदैछ । यसपछि उनको परिचय गायिकाको रुपमा पनि हुनेछ ।
For More videos Log on to Mazzako TV