आर्यनको कायराको बारेमा मौन सपना
फिल्म कायरा हेर्न पुगेकी अभिनेता तथा निर्माता आर्यन सिग्देलकी श्रीमति सपना भण्डारीले फिल्मको बिषयमा मौनता साधेकी छिन् । सिनेमा हेरेर निस्किएपछि पनि उनले मिडियालाई कुनै प्रतिक्रिया दिइनन् । उनले आफू नबोल्ने मात्र बताइन् । तर, उनले आर्यनसँग तस्बिर भने खिचाएकी थिइन् । कायराको बिशेष शोमा अभिनेत्री करिश्मा मानन्धर, निर्देशकहरु दीपाश्री निरौला, झरना थापा, रेनशा वान्त्वा राई लगायत पुगेका थिए ।
उनीहरुले सिनेमा राम्रो बनेको, थोरै समय धेरै लागेको प्रतिक्रिया दिए । शुक्रबारदेखि रिलिज भएको आर्यन र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्मलाई दर्शकले औषत प्रतिक्रिया दिएका छन् । फिल्मले करोड माथिको ग्रस कलेक्शन गरिसकेको छ ।
For More videos Log on to Mazzako TV