हेटौँडामा रहेको ओम्याक्स सिनेमा हलमा भएको आगलगीप्रति नेपाल चलचित्र संघले दुख ब्यक्त गरेको छ । आज विहान भएको आगलागीबाट सिनेमा हल पूर्ण रुपमा क्षति भएपछि संघले विज्ञप्ति प्रकाशन गर्दै हल पुन चाँडै सञ्चालनमा आउने आशा समेत ब्यक्त गरेको हो ।

संघका अध्यक्ष प्रदिपकुमार उदयले आज विज्ञप्ति जारी गर्दै हल सञ्चालक समेत रहेका नेपाल चलचित्र संघका तृतिय उपाध्यक्ष नरेन्द्र महर्जनलाई दुखको समयमा साथ दिने विश्वास समेत ब्यक्त गरेका छन् ।

बुधवार बिहान करिब १० बजे तिर बिजुली सट भएर हलमा आगलागी भएको थियो । आगलागीबाट दुई करोड भन्दा बढीको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । हल संचालनमा नरहेकाले मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यलय हेटौडा जनाएको छ ।

For More videos Log on to Mazzako TV