फिल्म ‘राकहानी’ र ‘रोजी’ यहि भाद्र २२ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने पक्का भैसकेको छ । नायिका तथा निर्मात्री पूजा शर्माले आफ्नो फिल्मसँग ‘रोजी’ आएकोमा दोष चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेलालाई दिएकी छन् । अध्यक्ष पौडेलकै योजना अनुसार ‘रामकहानी’ सँग रोजी जुध्न आएको पूजाको आरोप छ । उनले आफ्नो फेसबुक मार्फत यस्तो अरोप लगाएकी हुन् । उनको फेसबुक स्टाटु यस्तो छ ।

विकाश वोर्ड अध्यक्ष , निकीता पौडेल ज्यू ,
विकाश वोर्ड जस्तो सस्थां जुन नेपाली चलचित्रको विकाश र नेपाली चलचित्र कर्मीको हकहित को लागी सर्वश्रेष्ठ सस्थां हो, त्यस्तो सस्थांको अध्यक्ष जस्तो गरिमामय पदमा बस्नु भएको छ, नेपाली चलचित्र क्षेत्रको अध्ययन, योगदान र विकास को ठूलो ठूलो भाषण र मन्तव्य दिनुहुन्छ ! चलचित्र विकास वोर्ड को महिला अध्यक्ष भनेर चलचित्रकर्मीको सहयोग र सीम्प्याथी पनि लिनुहुन्छ , तर एउटा यस्तो सस्थांको अध्यक्ष भएर चलचित्र कर्मीलाइ साथ र सहयोग गर्दै सबैलाइ मिलाएर चलचित्र को विकासमा ध्यान दिनु भन्दा एउटा महिलाले नै निर्माण गरेको चलचित्र संग जुधाएर कुन चाँही विकासको लागी लड्दै हुनुहुन्छ ? तपाइले मेरो चलचित्र “रामकहानी” संग जुधाउनु पर्छ भनेर गरेको प्लान बारे पनि जानकारी पाइसकेको छु ! यो कस्तो चलचित्र को विकास गर्दै हुनुहुन्छ ?
जबकि तपाइलाइ थाहा छ मइले (६) महिना पहिलै भदौ २२ गतेको दिन रामकहानी को प्रदर्शन गर्दैछु भनेर ! तर पनि यसरी जुध्न आउनु राम्रो हो र?
मेरो चलचित्र संगै तपाइले आफ्नो चलचित्र रिलिज गर्नुमा मलाइ कुनै आपति होइन तर तपाइ जुन सस्थांमा बसेर चलचित्र को विकास को कुरा गर्नु हुन्छ त्यो कुरामा आपति हो , अध्यक्ष ज्यूको सोच प्रति आपती हो !!

यो त चलचित्रको विनाश भएन र ?

जय नेपाली सिनेमा / जय रामकहानी

For More videos Log on to Mazzako TV