गतबर्ष अभिनेता आर्यन सिग्देलले अभिनेत्री रेखा थापासँग काम गरेको रुद्रप्रिया सिनेमा रिलिज भएको थियो । तिहारमा रिलिज भएपनि यो सिनेमा कसैको प्रिय हुन सकेन । सिनेमा पुरै असफल भयो ।

पुरानो हिट जोडी भएपछि दर्शकले फिल्म हेर्छन् भन्ने आर्यन र रेखाको सोच फेल खायो । आर्यनले यसपछि करिब ९ महिना लगाएर कायरा सिनेमा बनाएका थिए । उनले यसपटक चल्तीकी हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिल्ममा लिए । सिनेमाले इनिसियल कमाई गरेपनि व्यापार औषत गरेको छ ।

तुलानात्मक रुपमा आर्यनलाई साम्राज्ञीसँगको जोडी रेखाको भन्दा बढी फापेको छ । आर्यन र साम्राज्ञीको जोडीले नयाँ इतिहास भने रचेन । यसरी हेर्दा रेखासँग आर्यन फ्लप भएभने साम्राज्ञीसँग औषत सफल भए । अब आर्यनले कुन अभिनेत्रीसँग काम गर्लान् त ?

फिल्मले रिलिजको तेस्रो दिन सम्ममा १ करोड १२ लाख माथिको ब्यापार गरेको थियो । त्यसपछि भने फिल्मको ब्यापार औषत छ । अब कति गर्छ भन्ने चाहि अर्काे हप्तासम्ममा थाहा हुन्छ ।

For More videos Log on to Mazzako TV