फिल्म ‘गुनगुन’ मा समावेश आइटम गीत सार्वजनिक भएको छ । कलाकार पुकार भट्टराईको निर्माणमा तयार भएको फिल्मको प्रचार सामाग्री स्वरूप गीत सार्वजनिक गरिएको हो । सार्वजनिक ’किस मिस’ बोलको गीतमा चन्दा दाहाल आइटम गर्लको रुपमा प्रस्तुत भएकी छिन । कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा स्वर सुनिता कार्कीले दिएकी छिन । गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् ।

फिल्मको कथालाई नै अगाडी बढाउने भएकोले गीत महत्वपूर्ण भएको निर्माण पक्षले बताएका छन् । पुकार भट्टराईको निर्देशनमा तयार फिल्मले रिलिज कार्तिक ३० गते हुने घोषणा गरेको छ । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बाल्दिप राई, विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय रहेको छ ।

फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ । अस्ट्रेलियामा सेप्टेम्बर ३० मा वर्ल्ड प्रिमियर हुने प्रेम कथामा आधारित यस फिल्मलाई उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यका सुनिल मानन्धरले वितरण गर्नेछन ।

For More videos Log on to Mazzako TV