बल्ल बोल्ड बनिन् श्रृष्टी

फिल्मको पर्दामा बोल्ड बन्न नसकेपनि अभिनेत्री श्रृष्टी श्रेष्ठ फिल्म बाहिर भने बोल्ड छिन् । तर, अभिनेता सौगात मल्लसँगको प्रेममा परेपछि भने उनको दैनिकी फेरिएको छ । गाजलु, रोमियो एन्ड मुना, बाँध मायाले गर्दासम्म श्रृष्टी साधारण देखिएकी छिन् ।

तर, फिल्ममा साधारण नै भएपनि उनी असोज ५ गतेबाट रिलिज हुने सिनेमा बाँध मायालेमा भने बोल्ड देखिएकी छिन् । कविराज गहतराजको कोरियोग्राफीमा छायांकन भएको प्रेमगीतमा उनी अभिनेता आर्यन अधिकारीसँग बोल्ड बनेकी हुन् । निर्देशक सविर श्रेष्ठले गीतको भिडियो चाडै सार्वजनिक गर्ने बताएका छन् ।

यो गीतलाई पनि स्तरिय बनाउन कुनै कसर नछाडिएको उनले बताए । गाउँमा रमाउने यूवायूवतीको प्रेम कथामा सिनेमा बनेको छ । गीतमा हट देखिएपनि श्रृष्टी फिल्ममा भने साधारण यूवतीको भूमिकामा छिन् ।









