अष्ट्रेलियालाई कर्मथलो बनाएका चितवनका क्षितिज सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् । उनले ‘माखेसाँग्लो’ बोलको गीतको म्युजिक भिडियोमा युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।

गीत मार्फत अष्ट्रेलिया पुग्न नेपाली युवाहरुले अपनाउँने एउटा उपायलाई गायक सापकोटाले उतारेका हुन् । क्षितिज सापकोटाको शब्द संगीत र स्वरमा सजिएको ‘माखेसाँग्लो’ मा पुष्प खडका र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । गीतको भिडियोलाई रविन्द्र बरालले निर्देशन गरेका हुन । भिडियोमा मिलन थापाको छायाँकन, प्रदीप दाहालको सम्पादन छ ।

For More videos Log on to Mazzako TV