‘रोजी’ मा प्रदीप र मिरुना रोमान्टिक मुडमा (भिडियो)
प्रदीप खड्का अभिनित फिल्म ‘रोजी’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । निरक पौडेल निर्देशित फिल्मको ‘फुल होइन’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त गीतमा प्रदीप र नायिका मिरुना मगर निकै रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । गीतको लोकेशन र प्रदीप र मिरुनाको जोडी तारिफ योग्य छ ।

राजेश कुमार श्रेष्ठको शब्द, एलिश कार्कीको संगीत रहेको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर सुन्न सकिन्छ । इस्तानबुल, साल्टलेक र कोनियामा छायांकन गरिएको गीतको भिडियोमा प्रदीपको गेटअप समेत फरक देख्न सकिन्छ । गीतका कोरियोग्राफर कबिराज गहतराज हुन् । फिल्म यहि भाद्र २२ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्ममा कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोल लगायतको पनि अभिनय छ । उद्धव पौडेल रोजीका प्रस्तुतकर्ता हुन् । आयरा पौडेल र आरोही केसीको निर्माण रहेको ‘रोजी’ लाई राजु विक्रम थापाले खिचेका हुन् । केदार भुषालको कथा र मित्र डि गुरुङको सम्पादन छ ।
For More videos Log on to Mazzako TV








