आर्यन ‘कायरा’ मा रंग खोज्दै (भिडियो)
साउन १८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘कायरा’ गीत सार्वजनिक भएको छ । लक्ष्मण रिजाल निर्देशित फिल्ममा समावेश ‘रंग छ कहा’ बोलको गीतमा युट्युब मार्फत सार्वजनिक गरिएको हो । कोसिश क्षेत्रीको शब्द संगीत रहेको गीतमा केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ ।

आर्यनको होम प्रोडक्सनमा निर्मित उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।
आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल पनि छन् । शिवराम श्रेष्ठले खिचेको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह(निर्मातामा छन् ।
For More videos Log on to Mazzako TV








