अभिनेत्री आँचल शर्माले एउटा सिनेमामा काम गरेको ५ लाख मागेको बताएकी छिन् । आफूलाई फिल्मको अफर आएको र ५ लाख पारिश्रमिक भनेपछि फेरि फोन नआएको आँचलले बताएकी छिन् ।

आँचलले अहिलेको जमानामा डेढ लाखमा काम गर्न नसक्ने समेत बताएकी छिन् । अब डेढ–दुई लाखमा काम गर्न नसक्ने भन्दै आँचलले ५ लाख धेरै नभएको बताइन् । उनले, कि त फिल्ममा आफ्नो भूमिका बलियो हुनुपर्ने कि त पारिश्रमिक नै बलियो हुनुपर्ने बताइन् ।

आँचलले फिल्मको अफर गर्दा आफूले हिरोइन भएर डिल गर्ने र अरु बेलामा दिदी बहिनी भएर कुरा गर्ने बताएकी छिन् । आँचलले सोलो अभिनेत्रीको रुपमा नै काम गर्ने स्पष्ट पारिन् ।

For More videos Log on to Mazzako TV