फिल्म द ब्रेकअपको छायांकन नसकिदै यसका दुई निर्माताविच सम्बन्ध टुक्रिएको छ । योसँगै एक निर्माताले फिल्मको कामबाट हात निकालेका छन् । रोहित अधिकारी र हेमराज वीसीले यो सिनेमा बनाइरहेका थिए ।

तर, रोहित र हेमराजविच असमझदारी बढेपछि उनीहरु अलग हुने निर्णयमा पुगेका हुन् । द ब्रेकअपबाट आफूले हात झिकेको निर्माता रोहित अधिकारीले बताएका छन् । उनले, अब यो सिनेमामा आफ्नो ब्यानर नरहेको पनि बताएका छन् । फिल्म चलचित्र विकास बोर्डमा रोहित अधिकारी फिल्मस्को नाममा दर्ता छ ।

यसैले आजसम्म रोहितले गरेको लगानी फिर्ता गर्ने र ब्यानर पनि परिवर्तन गर्ने काम अगाडि बढेको छ । हेमराज वीसीले नै निर्देशन गरिरहेको यो सिनेमामा आशिरमान देशराज र शिल्पा मास्के मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV