अभिनेत्री नम्रता श्रेष्ठ र निर्देशक दिनेश राउतले एकसाथ फिल्ममा काम गरिरहेका छन् । यी दुइको केमेष्ट्री जमिरहँदा अभिनेता आर्यन सिग्देल भने यो समुहबाट बाहिरिएका छन् । यही भएर पनि होला, अहिले नम्रता र दिनेशलाई आर्यनको प्रश्नले हैरान बनाउँछ ।

फिल्म प्रसादको इन्डक्ल्याप कार्यक्रममा पनि आर्यनकै कुरा सोधिएको थियो । आर्यनसँग आफूले कथा सुहाउँदो नभएकाले काम गर्न नसकेको दिनेशले स्पष्ट पारे । उनले आर्यन राम्रो कलाकार भएर आफूले काम गरेको पनि बताए । अभिनेत्री नम्रता श्रेष्ठले पनि सँगै काम नगर्नुको अर्थ सम्बन्ध विग्रनु नरहेको बताइन् ।

उनले, आर्यनसँग आफ्नो व्यवसायिक सम्बन्ध रहेको सुनाइन् । आर्यनले पनि दिनेश र नम्रतासँग आफ्नो सम्बन्ध राम्रो रहेको बताउँदै आएका छन् ।

For More videos Log on to Mazzako TV