अभिनेता बिपिन कार्की, नम्रता श्रेष्ठ तथा निश्चल बस्नेत अभिनित फिल्म ‘प्रसाद’ को इन्ड क्ल्याप भएको छ । असारको पहिलो साताबाट फ्लोरमा गएको फिल्म ‘प्रसाद’को सम्पूर्ण छायांकन सकिएको हो । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सम्पूर्ण छायांकन सकिएको घोषणा गर्दै फिल्मको रिलिज डेट पनि फाइनल गरियो । प्रसाद यहि आउँदो मंसिर २१ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउनेछ ।


निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्ममा नम्रता, विपिन र निश्चलको मुख्य भूमिका रहेको छ । सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । राजेश श्रेष्ठले फिल्म खिचेका हुन् । फिल्ममा सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहेको छ । संचारकर्मी सुशील पौडेलको कथामा रहेको फिल्ममा एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन् ।

For More videos Log on to Mazzako TV