यहि भदौ ८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘नाई नभन्नु ल ५’ को दोश्रो गीत सार्वजनिक भएको छ । फिल्ममा समाबेश ‘बालापनको उमेर’ बोलको गीत रिलिज गरिएको हो । शिर्ष गीतले चर्चा पाइरहेको बेला मुख्य कलाकारद्धय अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय रहेको यो गीतले पनि मज्जाको प्रतिक्रियामा निर्माण युनिट आशाबादी छ ।
गीतमा बसन्त सापकोटाको संगीत, समिक्षा अधिकारीको स्वर छ । नयाँ गीत गाउनका लागि बाल आवाजको खोजी भैरहेको समयमा समिक्षासँग भेट भएको र उनलाई अवसर दिइएको निर्देशक विकासराज आचार्यले जानकारी दिएका छन् ।गीतमा चलचित्रका अन्य मुख्य कलाकार प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्कालाई पनि फिचरिङ गर्ने योजना यसको निर्माणपक्षको थियो ।
तर, तीनै जना कलाकार व्यस्त भएकाले २ बाल कलाकारलाई मात्र फिचरिङ गरिएको हो । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने कवितराज गहतराजको यसमा कोरियोग्राफी छ ।

For More videos Log on to Mazzako TV