‘रेनी’ को रोमान्टिक गीत ‘मलाई नाईं नाईं’ (भिडियो)
यहि भाद्र ८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारी गरेको फिल्म ‘रेनी’ को रोमान्टिक गीत रिलिज गरिएको छ । गिरिश रिजाल निर्देशित फिल्मको ‘मलाई नाईं नाईं’ बोलको गीत सार्वजनिक गरिएको हो । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको उक्त गीतमा दीपक ढकाल र सनम मल्ल फिचरिंग छन् । गुश्र भोटिया र सनम मल्लको शब्द रहेको गीतमा पुष्कर सुनुवारको स्वर तथा संगीत छ ।

कोरियोग्राफी मदन खड्का र सिनेम्याटोग्राफी जयराज रिजालले गरेका छन् । शाही मल्ल फिल्मसले बनाएको फिल्म रेनी लाई बिमला मल्ल र संजिव मल्ल मिलेर बनाएका हुन् । फिल्ममा दीपक ढकाल र सनम मल्लसँगै अभिनेत सरोज खनालको पनि अभिनय छ । फिल्मका लेखक पनि निर्माता सनम मल्ल हुन् ।
For More videos Log on to Mazzako TV








