भदौ १ गतेबाट फिल्ममिस्टर भर्जिन रिलिज हुँदैछ । तर, यो सिनेमाको प्रचारमा भने अभिनेत्री मरिष्का पोख्रेल र अभिनेता गौरव पहारीलाई अप्ठ्यारो परेको छ । फिल्मको नाम नै मिस्टर भर्जिन भएकाले पनि उनीहरुलाई मिडिया कुराकानीमा पनि अप्ठ्यारो भएको छ ।

भर्जिन बिषयमा मिडियाले बढी फोकस गर्ने भएकाले पनि मरिष्का लजाउने गरेकी छिन् । यो फिल्मनेपालको पहिलो सेक्स कमेडी फिल्म भएको मरिष्काले बताएकी छिन् । उनले, सिनेमाले दर्शकलाई मनोरञ्जन दिने बताइन् । अभिनेता गौरवले भने सेक्स कमेडी कथामा यो सिनेमाले दर्शक हसाँउने बताए ।

उनले, दर्शकले फिल्महेरेर केही कुरा सिक्ने र आफ्नै समस्या र भोगाई अनुभव गर्ने बताए । सिनेमामा कमलमणि नेपाल, भोलाराज सापकोटा, बिजय बरालको पनि मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV