अभिनेत्री झरना थापाले निर्देशन गर्न लागेको दोश्रो फिल्म ए मेरो हजुर ३ को छायांकन आरम्भ र प्रदर्शन मिति तय गरिएको छ । सुनिल कुमार थापाले निर्माण गर्न लागेको सिनेमाको लागि प्रदर्शन मिति बुक गरिएको हो । अभिनेत्री थापा यसपटक शक्तिशाली कलाकारको टोलीका कारण पनि ढुक्क छिन् ।

यसैले, सर्वाधिक धेरै दर्शक आउने समयमा उनले फिल्मको प्रदर्शन मिति बुक गरेकी हुन् । यो सिनेमाको छायंकन असोज ५ गतेबाट सुरु हुँदैछ । फिल्मको प्रदर्शन मिति भने चैत्र २९ गतेलाई तोकिएको छ । २९ गते शुक्रबार, ३० गते शनिबार र १ गते नयाँ बर्ष पर्ने भएकाले पनि यो डेट बुक गरिएको हो ।

लगातार ३ दिन सिनेमाले बम्पर व्यापार गर्ने हो भने निर्माताको लगानी सुरक्षित हुनेछ । यो सिनेमामा अभिनेता अनमोल केसी र झरनाकी छोरी सुहानी केसीको मुख्य भूमिका छ । अनमोलको स्टारडमका कारण झरना यसपटक विश्वस्त देखिएकी हुन् ।

For More videos Log on to Mazzako TV