संचारकर्मी प्रकाश सुवेदीले फिल्म निर्देशन गर्ने भएका छन् । उनले निर्देशन गर्न लागेको सिनेमाको नाम बकम्फुसे राजा राखिएको छ । यो सिनेमाको शनिबार घोषणा गरिएको हो ।

संचारकर्मी सुवेदीको जन्मदिनको अवसर पारेर फिल्म घोषणा भएको हो । कमेडी जनरामा यो फिल्मबन्नेछ । सिनेमाको घोषणा कार्यक्रममा कलाकारको नाम भने सार्वजनिक गरिएन । तर, सिनेमामा अभिनेत्री बर्षा राउतको मुख्य भूमिका रहने चर्चा छ ।

बर्षाले फिल्म साइन नगरिसकेको बताएकी छिन् । प्रकाशले ३ दशक लामो समय फिल्मी पत्रकारिता गरेका थिए । कमेडी कथामा बन्ने फिल्ममा हाँस्य कलाकार नै राख्ने उनले बताएका छन् ।

For More videos Log on to Mazzako TV