‘कायरा’ लाई मज्जाको प्रतिक्रिया, फिल्मले हाउसफुल ब्यापार गर्दै
अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ ले शुक्रबार यो वर्ष कै उच्च व्यापार गर्दै सुखद सुरुवात गरे थियो । शुक्रबार सिनेमाको ६० प्रतिशत आसपासमा ओपनिङ अकुपेन्सी थियो । यस्तै शनिबार यो उकालो लागेको ग्राफ पानीका बाबजुद् विहानी शोमा ९० प्रतिशत र दिवा शोमा शतप्रतिशत अकुपेन्सी कायम गरेको थियो ।

लभस्टोरी मनपराउने युवा वगका दर्शले ‘कायरा’ लाई उत्कृष्ट प्रतिक्रिया दिएका छन । आर्यन र साम्राज्ञीको जोडीलाई दर्शले अत्याधिक रुचाएका छन् । फिल्महेर्न गएका दर्शकसँग साक्षत्कार गर्न सिनेमाका मुख्य दुई पात्र आर्यन र साम्राज्ञी शनिबार विभिन्न हलमा पुगेका थिए । हल पुगेको यो जोडीसँग सेल्फी खिच्ने दर्शकको भिड लामै थियो ।

मध्यान्तरपछि अष्टनारायण छिरेका आर्यन र साम्राज्ञीले फिल्मनै रोकेर दर्शकलाई अभिवादन गरे भने फिल्म रुचाइदिएकोमा धन्यवाद दिएका थिए । शनिवार दिउँसोदेखि साँझसम्म काठमाण्डौका जय नेपाल, कुमारी, सिभिल मल, लबिम मल, बीग मुभिजमा सिनेमाले पाएको सबै शोमा हाउसफुलका साथ दर्शकले फिल्म हेरे । राजधानीका गोपीकृष्ण, गुण, गंगा जस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हल पनि हाउसफुल रहे ।
यस्तै, काठमाण्डौ बाहिरका चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको वितरक सुनील मानन्धरले जानकारी दिए ।
फोटो सापटी द सिनेमा टाइम्स
For More videos Log on to Mazzako TV








