झमकबहादुर मज्जाको ब्यापार गर्दै
यही श्रावण १८ बाट प्रर्दशन भएको चलचित्र झमकबहादुर उपत्यका लगाएत मोफसलका हलहरुमा मज्जाको ब्यापार गरेको छ । काठमान्डौ उपत्यका हलहरू गोपी कृष्ण चाबहील,अष्ट नारायण बालाजु,गंगा चलचित्र मन्दिर, बालाजु लगायतका हलहरुमा दर्शकको साथ पाएको छ भने उपत्यका बाहिर धरान, बिराटनगर, चितवन, पोखरा, बुटवल लगायतका हलहरू पनि हाउसफुल भएको छ । फिल्ममा अनुप बिक्रम शाही, मिन कुमार तामाङ,यादब देवकोटा सरापे, राजु कमेडी, कल्याण अधिकारी, राजन मर्हजनको मुख्य अभिनय रहेको छ ।
कमेडी जनरामा निर्माण भएको यस चलचित्र सुरू देखी अनत्य सम्म मनोरञ्ज नै मनोरञ्जनले भरिएको छ।चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन दिने निर्देशक भोमन कटुवाल बताउछन। फिल्मले राम्रो लय लिएकोमा आफु खुशी भएको निर्माता मिन कुमार तामाङ बताउछन् ।
For More videos Log on to Mazzako TV