शुक्रबार देखि रिलिज फिल्म ‘कायरा’ ले यो वर्ष रिलिज भएका अन्य फिल्मलाई पछाडी पार्दै उच्च व्यापार गरेको छ । गतवर्ष प्रदर्शमा आएको फिल्म ‘रुद्रप्रिया’ पछि पर्दामा नदेखिएका आर्यन सिग्देल र नायिका साम्रज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको फिल्म ‘कायरा’ ले देशभरबाट सुखद ब्यापार गरेको हो ।

देशैभर वितरणको जिम्मा लिएका सुनील मानन्धरले सिनेमाको ‘फर्स्ट डे’ अकुपेन्सी सुखद रहेको बताए । शुक्रवार बिहानदेखि साँझसम्म ‘कायरा’ को अकुपेन्सी ६० प्रतिशतको आसपास रहेको मानन्धरले बताए । शनिबार बिहानै देखि परेको पानीले सिनेमाको विजनेसमा केहि प्रभाव पारे पनि दर्शकको राम्रो उपस्थीती रहेको छ । पानीका वाबजुद पनि शनिबारको बिहानी शोमा देशभरका फिल्म हलमा ९० प्रतिशत अकुपेन्सी रहेको सुनाए ।

लभस्टोरी मन पराउँने दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको सिनेमाका निर्देशक लक्ष्मण रिजाल बताउँछन् । मल्टिप्लेक्समा उच्च शोज पाएको ‘कायरा’ ले देशभरका करीब ८० बढी हल पाएको छ । फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय छ ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो सिनेमामा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । शिवराम श्रेष्ठले सिनेमाका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह(निर्मातामा छन् ।

For More videos Log on to Mazzako TV