१९ लाख भ्यूजपछि छक्का पन्जा ३ को गीत ट्रेन्डिङको पहिलो नम्बरमा
सोमबार रिलिज भएको फिल्म छक्का पन्जा ३ को गीत युटुबको नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा उक्लिएको छ । सार्वजनिक भएको ५ दिन र १९ लाख भ्यूज पुगेपछि गीतले पहिलो स्थान ओगटेको हो ।
पहिलो नम्बरमा बोलको गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । दशैमा रिलिज हुन लागेको यो सिनेमालाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।
यो गीतमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, दिपिका प्रसाई, संजोग कोइरालाको साथमा अतिथी कलाकार दिपाश्री निरौला, स्वस्तिमा खड्का, बर्षा राउतलाई देख्न सकिन्छ । दिपक शर्माको संगीत, राजेन्द्र थापाको शब्द रहेको गीतमा डेभिड शंकर र विन्दु परियारको स्वर छ ।
For More videos Log on to Mazzako TV