पानीका कारण छायांकन नसकिएपछि अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म क्याप्टेनको प्रदर्शन मिति अझै अन्यौलमा देखिएको छ । यो फिल्म कहिलेबाट रिलिज हुन्छ फाइनल भएको छैन ।

निर्माता भूवन केसीका अनुसार फिल्मको छायांकन केही दिन बाँकी छ । यसपछि, फिल्मको भिएफएक्सको काम पनि बाँकी छ । यसैले पनि प्रदर्शन मिति तोक्न हतार नगरिएको हो । फिल्मको प्रदर्शन मिति तोकेर सो मितिमा फिल्म रिलिज हुन नसक्दा निर्मातालाई व्यापारिक रुपमा घाटा लाग्ने गरेको छ । दिवाकर भट्टराइले निर्देशन गरिरहेको यो सिनेमालाई फुटबलको कथालाई प्रस्तुत गर्नेछ ।

फिल्म भदौमा रिलिज गर्ने टार्गेट पुरा नभएपछि अब नयाँ मिति तोक्न सकस भएको हो । सिनेमामा अनमोलका साथमा नव अभिनेत्रीद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभी मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV