फिल्म लुट, चपली हाइट, लुट २, चंगाचेट लगायत फिल्मका निर्माता माधव वाग्ले धरौटीमा रिहा भएका छन् । अदालतले उनलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । २५ लाख धरौटी तिरेर वाग्ले आज रिहा भएका हुन् ।

उनलाई नक्कली नोट राखेको अभियोगमा प्रहरीले जेठको २ गते पक्राउ गरेको थियो । त्यसपछि उनलाई थुनामा राखिएको थियो । साढे २ महिना थुनामा बसेपछि उनलाई धरौटीमा रिहा गरिएको थियो । रिहा भएपछि वाग्ले सोझै घर पुगेका छन् । उनले क्याप लगाएका थिए भने अनुहार मलिन देखिएको थियो ।

वाग्लेले फिल्म चंगाचेटको छायांकनका लागि नक्कली नोट बनाएका थिए । तर, सो नक्कली नोट उनको अफिसमा भेटिएको थियो । साढे २ करोड नक्कली नोट भेटिएपछि वाग्लेलाई प्रहरीले पक्राउ गरेको हो ।

For More videos Log on to Mazzako TV