‘कायरा’ सँगै ‘झमकबहादुर’ हलमा
आज अर्थात शुक्रबारबाट दुई नेपाली फिल्महरु हलमा लागेका छन् । आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘कायरा’ सँगै अर्को फिल्म ‘झमकबहादुर’ पनि प्रदर्शनमा आएको हो ।

लक्ष्मण रिजाल निर्देशित फिल्म ‘कायरा’मा आर्यन र साम्राज्ञी प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । म्युजिकल लभ स्टोरी फिल्मको सम्पूर्ण जसो छायाँकन फिलिपिन्समा गरिएको छ । आर्यन र साम्राज्ञी पहिलो पटक पर्दामा जोडी भएर प्रस्तुत भएका हुन् ।
फिल्म ‘झमकबहादुर’ लाई बोमन कटुवाल निर्देशन गरेका हुन् । फिल्ममा अनुप विक्रम शाही, यादव देवकोटा सरापे, राजु कमेडी, सुजता थापा, मिन कुमार तामांग, नियोना गुरुंग, राजन महर्जन, कल्याण अधिकारी, कोनिका घिमिरे, शान्त प्रसाद घिमिरे लगायतको अभिनय छ । कमेडी फिल्मलाई मिन कुमार तामांगले बनाएका हुन् ।
For More videos Log on to Mazzako TV








