स्वस्तिमाको डान्समा डिमाण्ड
अभिनेत्री स्वस्तिमा खड्काले काम गरेका फिल्मका गीत हिट छन् । कुटुमा कुटु बोलको गीतमा डान्स गरेपछि स्वस्तिमाको डिमाण्ड पनि बढेको हो । स्वस्तिमालाई नेपालमा मात्र होइन विदेशमा पनि यही गीतले पुर्याउन थालेको छ । स्वस्तिमाले जय भोले, छक्का पन्जा ३ जस्ता फिल्मका चर्चित गीतमा नृत्य गरिसकेकी छिन् ।
उनको नृत्यको राम्रै फ्यान पनि छन् । यही भएर पनि होला स्वस्तिमालाई विदेशमा आयोजना हुने स्टेज कार्यक्रममा निमन्त्रणा आउन थालेको छ । अष्ट्रेलियामा आयोजना भएको सप्तपरि कार्यक्रममा स्वस्तिमाले नृत्य गरिन् । उनलाई नृत्यकै लागि कार्यक्रममा निमन्त्रणा गरिएको वुझिएको छ । नृत्यमा पोख्त बनेपछि स्वस्तिमाको डिमाण्ड अब स्टेज कार्यक्रममा पनि हुने पक्का छ ।
For More videos Log on to Mazzako TV