आँचललाई ५ लाख ?
अभिनेत्री आँचल शर्माको ब्ल्याक रिलिजपछि अरु फिल्म नै छैन । आँचलले सोलो हिरोइन पाए मात्र फिल्म खेल्ने नत्र नखेल्ने बताइसकेकी छिन् । हुलमुलमा फिल्म खेल्दा आफू छायाँमा परिने डर आँचललाई छ । यसैले पनि आँचलले अब हुलमुलमा फिल्म खेल्न नचाहेको बताएकी हुन् ।
तर, आँचललाई फिल्ममा लिन निर्मातालाई त्यती सजिलो भने छैन । किनकी, आँचलको डिमाण्ड बढेको छ । आँचलले एउटा फिल्ममा काम गरेको ५ लाखसम्म माग्ने गरेकी छिन् । जसले गर्दा उनलाई ५ लाख दिएर निर्माताले फिल्ममा काम गराउन सक्लान् त ?
आँचलले छायांकनमा जान लागेको एउटा सिनेमाका लागि ५ लाख मागेकी थिइन् । निर्माता र उनीविचको बार्गेनिङ साढे ३ लाखसम्म पुगेपनि सहमती हुन सकेन । आँचललाई साढे ३ लाख नदिएर अर्कै अभिनेत्री राखेर सिनेमा निर्माण गर्न लागिएको छ ।
For More videos Log on to Mazzako TV







