सुदर्शन थापा निर्देशित तथा पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित फिल्म ‘रामकहानी’ को टे«लर रिलिज भएको छ । सुदर्शन र पूजाले निर्माण गरेको फिल्मको बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै टे«लर रिलिज गरिएको हो । फिल्ममा हरर कमेडी पनि ट्रेलरबाट प्रष्ट हुन्छ । यसअघि फिल्मलाई फरक प्रकारको लभ स्टोरी बताइएको थियो ।

फिल्ममा पूजासँगै आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रविन्द्र झा, राजाराम पौडेल, शिशिर राना, बिशाल पहारी, सुनिता श्रेष्ठ ठाकुर र सोभित बस्नेतको अभिनय रहेको छ । सुदर्शन थापा प्रोडक्सनको व्यानरमा पूजा र सुदर्शनले निर्माण गरेको फिल्ममा महेश दवाडी र दिनेश न्यौपानेको पटकथा संवाद छ ।

फिल्मको कथा निर्देशक स्वयम्को हो । भदौ २२ गते रिलिज हुने फिल्ममा अर्जुन पोखरेलको शब्द र संगीत, सौरभ लामाको छायाँकन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी छ ।

For More videos Log on to Mazzako TV