‘पुरानो बुलेट’ को ८५ प्रतिशत छायांकन सकियो
फिल्म ‘पुरानो बुलेट’को छायांकन ८५ प्रतिशत पूरा भएको निर्माण पक्षले जनाएको छ । क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भइरहेको फिल्म को छायांकन असार १६ गतेबाट सुरु भएको थियो । काठमाडौं र पूर्वको लेटाङ, दोमुखा, पथरीशनिश्चरे, बेतना, नाम्जे लगायतको स्थानमा ८५ प्रतिशत छायांकन गरी पुनः सुटिङ युनिट काठमाडौं आइपुगेको छ । अब बाँकी १५ प्रतिशत काठमाडौंमा छायांकन गरिने निर्माता मध्येका अशोक साम्पाङले जानकारी दिए ।
फिल्ममा नायक अनुपविक्रम शाही प्रमुख भूमिकामा छन् । अनुपका साथ नायिकाद्वय वर्षा सिवाकोटी र माला लिम्बुले अभिनय गरिरहेका छन् । सञ्चारकर्मी भीषण राईकोे डेब्यु निर्देशन रहेको फिल्मको कथा सञ्चारकर्मीद्वय सन्तोष राई र निर्देशक भीषण राईले लेखेका हुन् । यस्तै फिल्ममा अन्य कलाकारहरु कविता आले, शिव मुखिया, कृष्णभक्त महर्जन, शिरोमणि दवाडी, दिवज राई, बारत लिम्बु, बादल श्रेष्ठ लगायतले पनि अभिनय गरेका छन् । फिल्मलाई दिपेन्द्र लिम्बु, वीरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ राईले निर्माण गरिरहेको यस फिल्ममा कार्यकारी निर्माताको भूमिका संचारकर्मी सन्तोष राईले नै सम्हालिरहेका छन् ।
हरि घले लामाले खिचिरहेको ‘पुरानो बुलेट’को संगीतकार उत्तमजंग लिम्बु हुन् भने गायनमा ‘जमुना…’ राजेशपायल राई, ‘दही चिउरा असार १५ मा …’ उत्तमजंग लिम्बु र मेलिना राई, यस्तै थिम सङ ‘पुरानो बुलेट..’जयन जे. वाइबाको स्वर सुन्न सकिनेछ । गीतहरुको एरेन्ज महाराज थापा, साहस शाक्यले गरेका हुन् भने गीत राम भट्टराई, माया मगर र जयन जे वाइवाले लेखेका हुन् । यस्तै नायिका वर्षा शिवाकोटीले प्रेस मिटको समयमा आफू जन्मिएको ठाउँ मोरङमा फिल्मको सुटिङ हुने कुराले दंग भएको बताएकी थिइन् तर, उनले भने अनुसार सहज तरिकाले काम गरिनन् । यस्तै नायक अनुप विक्रम शाहीले पनि गर्मीमा सुटिङ गर्दा गाह्रो भएको प्रतिक्रिया दिए । उनले थपे–‘मलाई गर्मीमा सुटिङ गर्न गाह्रो भएपनि फिल्म एकदमै राम्रो बन्नेमा म विश्वस्त छु ।’ यस्तै अर्की नायिका माला लिम्बुले यस फिल्ममा आफूले सक्दो र सुहाउदो अभिनय गरेको बताइन् । पूर्वेली एक युवाको कथा अनि पूर्वेली रितीरिवाज र संस्कारलाई यस फिल्ममा उतारिएको बताइएको छ । फिल्म मंसिरमा प्रदर्शन ल्याउने क्रेजी इन्टरटेनमेन्टले जनाएको छ ।
For More videos Log on to Mazzako TV