ब्लाइन्ड रक्स र झ्यानाकुटी रिलिज भएपनि खासै तारिफ नपाएकी अभिनेत्री बेनिशा हमाललाई लिएर निर्माताले फिल्म बनाउने चाहना राखेका छैनन् । यही भएर पनि होला बेनिशा जीम धाएकी छिन्, तर काम पाएकी छैनन् । नेपाली फिल्ममा उनको नाम क्लिक हुन सकेन ।

तर, उनलाई विदेशमा आयोजना हुने कार्यक्रममा भने राम्रै निमन्त्रणा आउन थालेको छ । बेनिशा दोश्रो पटक अष्ट्रेलिया पुगेकी छिन् । अष्ट्रेलियामा आयोजना भएको सप्तपरी कार्यक्रममा बेनिशा अष्ट्रेलिया पुगिन् ।

उनी एक्लै सप्तपरीमा सहभागी हुन पुगेकी होइनन् । उनीसँगै अभिनेत्रीहरु स्वस्तिमा खड्का, बर्षा राउत, एलिसा राई लगायत अष्ट्रेलिया पुगेका छन् । नेपाली कलाकारलाई अष्ट्रेलियाले सहजै भिजा दिन थालेपछि कलाकारका लागि पानी पधेरो नै बन्न थालेको छ ।

For More videos Log on to Mazzako TV