साउन २५ गतेबाट रिलिज हुन लागेको सिनेमा कही कतैकी अभिनेत्री सिवानी गिरीले आफूलाई धोतिनी भनेर कमेन्ट गर्दा चित्त दुख्ने बताएकी छिन् । उनले, आफ्नो फिल्मका गीत र ट्रेलरमा कमेन्ट गर्दै धेरैले धोतिनीलाई फिल्म किन खेलाएको भनेर गाली गरेपछि चित्त दुखेको बताइन् ।

उनले, आफू धोतिनी नभई नेपाली नै भएको बताएकी छिन् । सिक्किममा जन्मिएपनि आफूले राम्रो नेपाली बोल्ने र नेपालकै रहनसहनमा हुर्किएको उनले बताइन् । नेपाली फिल्ममा राम्रो काम गरेर देखाउने र सबैको मन जित्ने उनको भनाई छ । सिवानीले आफ्नो उद्देश्य नेपाली फिल्म मात्र खेल्ने नरहेको बताइन् ।

आफूले जीवनमा धेरै गर्नुछ भन्दै सिवानीले कही कतै हेर्न सबैसँग आग्रह गरिन् । पारिवारिक कथामा फिल्म बनेको भन्दै उनले आफूले राम्रो काम गरेको र नयाँलाई प्रोत्साहन दिन आग्रह पनि गरिन् ।

For More videos Log on to Mazzako TV