नव अभिनेत्री अलिसा शर्माले फिल्म चि मुसी ची रिलिज अगाडि शुक्रबार र शनिबार फिल्म हाउसफूल हुने बताएकी थिइन् । शनिबार त टिकट नै नपाइने भएकाले शुक्रबार नै फिल्म हेर्न उनले दर्शकलाई आग्रह पनि गरेकी थिइन् । तर, अभिनेता सुनिल क्षेत्री र अभिनेत्री अलिसा शर्माको जोडीलाई हेर्न दर्शक हलमा आकर्षित भएनन् ।

अलिसाको चाहना पुरा हुन सकेन । शुक्रबारदेखि रिलिज भएको फिल्मले हलमा दर्शक आकर्षित गर्न नसकेपछि निर्माता मर्कामा परेका छन् । सिंगल र मल्टिप्लेक्स दुबै हलमा फिल्मले गतिलो व्यापार गरेन । हुनत, अहिले नेपाली फिल्मको व्यापारमा सुख्खायाम नै छाएको छ ।

यस्तो अवस्था सुनिल र अलिसाको जोडीलाई पनि पर्दामा दर्शकले रुचाएनन् । निर्देशक दिनेश श्रेष्ठले असफल फिल्मको ह्याट्रिक नै गरेका छन् । कामचोर, शकुन्तला र चि मुसी ची दिनेशका असफल फिल्म हुन् ।

For More videos Log on to Mazzako TV