छक्का पन्जा ३ को गीतले राख्यो त रेकर्ड ?
सार्वजनिक भएको २४ घन्टामा फिल्म छक्का पन्जा ३ को गीतले ८ लाख भन्दा बढी भ्यूज पाएको छ । यो फिल्म सत्रु गतेको रुपै मोहनी बोलको गीतको भ्यूज भन्दा थोरैले कम हो । तर, दर्शकले यो गीतलाई अत्याधिक रुचाएको भने पक्का हो । निर्माता दिपकराज गिरीले फिल्मको यो गीतलाई आफूहरुले कत्ती पनि बुष्ट नगरेको र यो अर्गानिक भ्यूज भएको बताएका छन् ।

पहिलो नम्बरमा बोलको गीतलाई दर्शकले उत्कृष्ट कमेन्ट पनि गरेका छन् । फिल्मको गीतले उत्कृष्ट कमेन्ट पाएपछि यसका निर्माता खुशी भएका छन् । फिल्मको प्रदर्शन मिति भने फाइनल भएको छैन । दशैमा रिलिज हुने भनिएतापनि अहिलेसम्म कुन दिनबाट फिल्म रिलिज हुन्छ फाइनल छैन । फिल्मको गीतले यति राम्रो भ्यूज पाउनुमा छक्का पन्जाको नामको ब्रान्ड, कलाकारको उपस्थिती र गीतसंगीतलाई मान्न सकिन्छ ।
दिपाश्री निरौला निर्देशित यो फिल्मको गीतमा दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, वुद्दि तामाङ, स्वस्तिमा खड्का, संजोग कोइरालालाई देख्न सकिन्छ ।
For More videos Log on to Mazzako TV







