पीजी सर्टिफिकेट पायो झमकबहादुरले
साउन १८ गतेबाट रिलिज हुन लागेको फिल्म झमकबहादुरले चलचित्र सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट पाएको छ । फिल्मलाई सेन्सरले केही झमेला गर्न खोजेको पनि थियो । सुन तस्करीको कुरा उठाएकाले यसको सेन्सरमा केही समस्या भएको थियो । तर, मंगलबार सिनेमालाई सेन्सरले पीजी सर्टिफिकेट दिएको हो ।

यो सिनेमा हेर्नका लागि अब १६ बर्ष तलका बालबालिकाले बाबुआमाको साथ खोज्नुपर्नेछ । निर्देशक भोमन कटुवाल र निर्माता मिनकुमार तामाङले सेन्सर पास भएको भन्दै खुशी व्यक्त गरे । फिल्मका कुनै पनि दृश्य नकाटिएको निर्माताले बताएका छन् ।
तर, केही संवादमा भने म्यूट लगाइएको छ । सिनेमाको ट्रेलर रिलिज भएपछि साउथ फिल्म मुम्बई एक्सप्रेसको कपि भनेर आरोप लागेको थियो ।
For More videos Log on to Mazzako TV








