छायांकनमा जानु अघि फिल्म छक्का पन्जा ३ को प्रदर्शन मिति दशैको फूलपातिलाई तोकिएको थियो । तर, फिल्मको पहिलो गीत सार्वजनिक गरिरहँदा यसको निर्माताले फिल्मको प्रदर्शन कहिलेबाट हुन्छ भन्न सकेनन् । आखिर, किन फूलपातिमा फिल्म रिलिज हुन अझै गाह्रो छ ? फूलपातिको दिन, छक्का पन्जा ३ भन्ने नारा नै बनाइएको थियो ।

तर, अब यो बदलिएको छ । यो मितिमा अशोक शर्माले निर्देशन गरेको जय भोले फिल्म पनि रिलिज हुँदैछ । अशोक र दिपक सिनेमा एकैदिनमा ल्याउने मुडमा छैनन् । फिल्मको प्रदर्शन मितिलाई लिएर लामो समयदेखि दिपक र अशोकविच कुराकानी भैरहेको छ ।

तर, अझै पनि फाइनल गर्न सकेका छैनन् । यसैले पनि छक्का पन्जा ३ घटस्थापनादेखि फूलपातिसम्म कुनै दिन रिलिज हुन्छ भन्न बाहेक यसका निर्माता दिपकराज गिरीले अरु जवाफ दिन सकेनन् ।

For More videos Log on to Mazzako TV