गोपीमा बर्षाको प्रवेश
केही महिना अगाडि घोषणा भएको फिल्म गोपीमा अभिनेत्री बर्षा सिवाकोटीको प्रवेश भएको छ । फिल्ममा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त पहिले नै फाइनल भैसकेका छन् । फिल्मको कथा फाइनल भएपछि अब कलाकार पनि फाइनल गरिएको हो । संचारकर्मी दिपेन्द्र लामाले यो फिल्मको निर्देशन गर्दैछन् ।

बर्षाको प्रवेशपछि फिल्ममा ग्ल्यामर थपिएको यसकी अर्की अभिनेत्री सुरक्षा पन्तले बताएकी छिन् । सिनेमामा सामिप्यराज तिमिल्सिनाको पटकथा, दिपेन्द्र लामाको कथा छ । फिल्ममा २ हिरोइन र एक हिरो भएपनि त्रिकोणात्मक प्रेमकथामा निर्माण भने नहुने निर्देशक लामाको भनाई छ ।

भदौ १ गतेबाट छायांकनमा जाने फिल्मलाई चैत्र १५ गतेबाट रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । सिनेमाको कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । सिनेमाको अहिले गीत रेकडिङको काम भैरहेको छ । विदेश नगई नेपालमै केही गर्न सकिन्छ भन्ने कथामा यो फिल्म बन्नेछ ।
For More videos Log on to Mazzako TV







