छक्का पन्जा २ कहिले आउँछ भन्नेलाई दिपकको जवाफ ?
छक्का पन्जा ३ फिल्मको पहिलो नम्बरमा बोलको गीत सार्वजनिक भैसकेको छ । यो गीत आज युटुबबाट सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भैरहँदा दर्शकले एउटा प्रश्न सोधेर भने हैरान पारेका छन् । आखिर, छक्का पन्जा २ युटुबमा कहिले आउँछ ? छक्का पन्जा २ युटुबमा नहालेको भन्दै यसका निर्माता दिपकराज गिरीप्रति दर्शकले आक्रोश पनि व्यक्त गरेका छन् ।

तर, यसका निर्माता दीपकाराज गिरीले गीत सार्वजनिक कार्यक्रममा बोल्दै छक्का पन्जा २ युटुबमा अहिले नै नआउने बताएका छन् । उनले छक्का पन्जा २ युटुबमा रिलिज भएको २ बर्षपछि मात्र अपलोड गर्ने आफूहरुको सोच रहेको बताए । तर, दर्शकले अत्यन्त डिमाण्ड गरेपछि अब त्यो समयसिमालाई थोरै कम गर्ने उनको भनाई छ ।
आफूले कुनै फोटो पोष्ट गर्दा पनि छक्का पन्जा २ कहिले आउँछ भन्दै कमेन्ट आउने गरेको दिपकको भनाई छ ।
For More videos Log on to Mazzako TV







