‘छक्का पञ्जा ३’ को गीत ‘पहिलो नम्वरमा’ (भिडियो)
बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ को गीत सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत, डेविड शंकर र बिन्दु परियारको स्वर रहेको ‘पहिलो नम्वरमा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा फिल्मका झण्डै एक दर्जन कलाकारको नृत्य छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो निकै मज्जाको बनेको छ ।
भिडियोमा दीपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामांग, दीपिका प्रसाईं, संजोग कोइराला र सुमन गिरी भान्जाले नृत्य गरेका छन् । गीतका एरेञ्ज उदयराज पौडेलहुन् । गीतको छायाँकन पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठले गरेका हुन् ।
दशैंमा रिलिज हुने यस फिल्मको दुई सिरिज बक्सअफिसको खातामा सर्वाधिक कमाउने फिल्मको सुचिमा छन् । अब हेर्न बाकी छ तेस्रो सिरिजले क गर्छ ?
For More videos Log on to Mazzako TV