हलभरी फिल्म, तर छैनन् दर्शक
विश्वकप फुटबल सकिएपछि हरेक हप्ता कुनै न कुनै नेपाली फिल्म रिलिज भएका छन् । हरेक हप्ता २ देखि ४ वटा सम्म फिल्म रिलिज भएका छन् । तर, असार र साउनको दोश्रो सातासम्म आइपुग्दासम्म कुनै पनि फिल्मको व्यापार चित्तवुझ्दो छैन ।

हरेक फिल्ममा निर्माता डुबेका छन् । यो हप्ता रिलिज भएका दुई फिल्म रोमियो एन्ड मुना र चि मुसी चीको व्यापार पनि उदेक लाग्दो छ । दुबै फिल्मले हलमा दर्शक तान्न सकेनन् । मल्टिप्लेक्समा चि मुसी चीको व्यापार दिक्क लाग्दो भयो भने रोमियो एन्ड मुनाले पनि त्यस्तो दर्शक बटुलेन । साउन ४ गते रिलिज भएका भैरे र पण्डित बाजेको लौरीको व्यापार पनि उस्तै छ ।
दुबै सिनेमाले दर्शक बटुल्न सकेनन् । हलभरी नयाँ फिल्मको पोष्टर देखिन्छ । तर, कुनै पनि फिल्मले दर्शकलाई हलसम्म तान्न सकेका छैनन् । वैशाख लागेपछि नै नेपाली फिल्ममा व्यापारिक खडेरी लागेको छ ।
For More videos Log on to Mazzako TV







