अभिनेत्री प्रियंका कार्कीले अमेरिकामा रहँदा आफ्ना इन्गेजमेन्ट प्रेमी आयुष्मान देशराज जोशीलाई सरप्राइज दिएकी छिन् । विवादस्पद गीतका कारण चर्चामा रहेकी प्रियंकाले आयुष्मानको नामको ट्याटु खोपेकी छिन् ।

इन्गेजमेन्टपछि आयुष्मान र प्रियंकाले दुबैको नाम मिलाएर आयांक राखेका छन् । प्रियंकाले आयांक नाममा ट्याटु खोपेकी हुन् । प्रियंकाले यो ट्याटु सधै नै रहेन र माया पनि सधै रहने उल्लेख गरेकी छिन् । प्रियंकाले अहिले आयुष्मानसँगको सम्बन्धको बिषयमा दैनिक केही न केही पोष्ट गरेको पाइन्छ ।

आयुष्मान र प्रियंकाको सम्बन्ध एउटा गीतका कारण टुट्छ भन्ने आलोचना भैरहँदा उनीहरुले प्रेमलाई मजबुत बनाएका छन् । प्रियंका मिस भुटान यूएसएमा सहभागी हुन अमेरिका पुगेकी हुन् ।

For More videos Log on to Mazzako TV