भदौ १५ गतेबाट रिलिज हुन लागेको फिल्म मेरी कुसुमकी नव अभिनेत्री कुसुम गुरुङलाई पहिलो फिल्ममै आमा बन्दा डर लागेन होला ? सुन्दरी अभिनेत्री आमा बन्दा दर्शकले के अरु फिल्ममा पनि यस्तै भूमिकामा हेर्न चाहे भने के होला ? मेरी मामुमा आयुब सेनकी आमा बनेकी कुसुमलाई भने कुनै डर छैन । किनकी, उनी आफूलाई स्टार कलाकार बन्ने रुची नभएको बताउँछिन् ।

उनले, आफूलाई एउटा राम्रो कलाकार बन्न मन लागेको बताइन् । यसैले पनि आमाको भूमिका गर्दा दोश्रो फिल्ममा हिरोइनको प्रस्ताव नआउने हो कि भन्ने उनलाई डर छैन । सन्तोष सेनले निर्माण गरेको यो सिनेमामा कुुसुम आमाको भूमिकामा छिन् भने अश्लेषा ठकुरी हिरोइनको भूमिकामा नै छिन् ।

For More videos Log on to Mazzako TV