तीन यूवाको यौन मनोविज्ञानको कथामा बनेको भाद्र १ गतेबाट प्रदर्शनमा आउँने फिल्म ’मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयेजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यसअघि सार्वजनिक टिजर र दुई गीत ’टुल्कि’ र ’पैसा फेक तमाशा देख’ बोलको आइटम गीतले निकै मज्जाको प्रतिकृया पाईसकेका छन् ।

वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।


फिल्मको कथा पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् । फिल्ममा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर.जेको सङ्गीत रहेको छ ।


‘मिस्टर भर्जिन’ मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।

For More videos Log on to Mazzako TV