सुजता र मिनको रोमान्स ‘मृग नयनी’ मा (भिडियो)
श्रावण १८ गतेदेखी नेपाल भर प्रर्दशन हुने फिल्म ‘झमकबहादुर’ को दास्रो गीत रिलिज भएको छ । भोमन कटुवालले निर्देशित फिल्ममा समावेश ’मृग नयनी तिम्रो आखाँमा’ बोलको गीत सार्वजनिक गरीएको हो । उक्त गीतको भिडियोमा नायक मिन कुमार तामाङ र नायिका सुजाता थापा प्रस्तुत छन् ।

तीर्थ दामली शब्द, ओम सुनारको संगीत रहेको गीतमा मेलिना राईलाई संगीतकार सुनारले स्वर साथ दिएका छन् । जिवन थापाको नृत्य निर्देशन रहेको यस गितको छायाङकन चितवन, पोखरा र काठमान्डौ लगायतका ठाँउमा गरिएको हो । फिल्ममा अनुप बिक्रम शाही, यादब देवकोटा(सरापे), राजु कमेडी, मिन कुमार तामाङ, सुजाता थापा, कल्याण अधिकारी, राजन मर्हजन को मुख्य भूमिका रहेको छ ।
पवन गौतम को छायाङकन, अनिल मर्हजनको सम्पादन, राजु किराँत राईको एक्शन रहेको फिल्ममा निर्माता मिन कुमार तामाङ हुन् भने सह निर्माता कोपिला कुमारी डल्लाकोटी हुन ।
For More videos Log on to Mazzako TV








