बिना भट्टराईको ‘स्वामी ज्यू’ सार्वजनिक (भिडियो)
गायिका बिना भट्टराईको तिज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । किरण के उप्रेतीको शब्द, मिन गुरूङको संगीत रहेको ‘स्वामी ज्यू’ बोलको गीतमा गायिका बिनाले सुमधुर स्वर दिएकी हुन् ।
सार्वजनिक उक्त तीज गीतको भिडियोमा नायिका तथा मोडल अनु शाह र मिन गुरुङको अभिनय रहेको छ ।अनुकोसंगै २ दर्जन कोरसको नृत्य भिडियो मनमोहक बनेको छ । गीतका एरेन्जर सुदिप सागर हुन् ।
सिन्दुर पोते र रातो साडीमा फिचर भएकी अनु पनि हेर्न लायक देखिन्छिन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका हुन् । उक्त म्युजिक भिडियोलाई शिव वि.क ले निर्देशन गरेका हुन् ।
For More videos Log on to Mazzako TV