अभिनेता प्रदिप खड्कालाई मह संचारको ब्यानरमा निर्माण हुन लागेको फिल्म दाल भात तरकारीबाट अफर मिलेको छ । प्रदिपलाई फिल्म खेलाउने चाहना निर्माताद्धय किरण केसी र हरिवंश आचार्यले यसपटक पुरा गर्ने कोशिशमा लागेका छन् ।

यो सिनेमाबाट अफर आएतापनि प्रदिपले अहिलेसम्म कुनै निर्णय दिएका छैनन् । लिलिबिली सिनेमाको शोका लागि प्रदिप अहिले अष्ट्रेलिया पुगेका छन् । उनले, नेपाल फर्किएपछि आफूले यो सिनेमामा काम गर्ने वा नगर्ने बिषयमा निर्णय लिने बताए । प्रदिप खड्काले भूमिका मन परेको खण्डमा मात्र गर्ने बताएका छन् ।

नत्र, आफैले कमेडी सिनेमा निर्माण गर्ने योजना प्रदिपको छ । प्रदिपसँग किरण र हरिवंशले भेट गरेर वन लाइन स्टोरी सुनाएका छन् ।

For More videos Log on to Mazzako TV