पहिलो फिल्म प्रेमगीत २ मा काम गरेपछि अभिनेत्री अश्लेषा ठकुरीको हातमा अर्को फिल्म परेन । उनलाई दोश्रो फिल्ममा काम गर्न निर्माता सन्तोष सेनकै ब्यारन कुर्नुपर्यो । के अश्लेषाले अरु फिल्ममा काम नपाएकी हुन् रु दोश्रो फिल्म मेरी मामुको पत्रकार सम्मेलनमा अश्लेषाले यसको जवाफ दिइन् ।

उनले, आफूलाई फिल्मको अफर आएपनि गर्नसक्ने भूमिकामा मात्र काम गर्ने खुलाइन् । अश्लेषाले आफूले गर्न नसक्ने, चित्त नवुझेको फिल्ममा काम नगर्ने बताइन् । उनले, आफू आशुसेन फिल्मस्मा मात्र नखुम्चिएको र अफर आएर काम गर्न मन लागेको खण्डमा अरु ब्यानरमा पनि काम गर्ने बताइन् ।

अश्लेषाले मेरी मामुमा पनि आफूलाई भूमिका धेरै मन परेकाले मात्र काम गरेको बताइन् । तर, प्रेमगीत २ बाट चर्को आलोचना भोगेकी अश्लेषाले अर्को फिल्म भने पाएको देखिदैन ।

For More videos Log on to Mazzako TV