भदौ १५ गते रिलिज हुन लागेको सिनेमा मेरी मामुको पत्रकार सम्मेलनमा भदौ ८ गते रिलिज हुन लागेको सिनेमा नाइ नभन्नु ल ५ माथि नोकझोक धेरै भयो । दुबै सिनेमाले बालको मनोभावलाई उठान गरेका छन् । एउटाले बालकको प्रेम त अर्कोले बालक र आमाको कथा । यसैले पनि दुबैका लागि दुबै कथा थ्रेट हुनसक्छ ।

मेरी मामुको पत्रकार सम्मेलनमा यसका निर्देशक यम थापाले व्यक्त गरेको भावनाले पनि उनीहरुको भावना झल्काउँछ । के तपाइले यो भूमिकाका लागि अनुभव रेग्मीलाई सोच्नुभएको थियो ? यो प्रश्नमा यमले अल्ली कडा नै जवाफ दिए । उनले भने–‘मैले अनुभवलाई सोच्दै सोचिनँ । अनुभव त अब कहाँ बाल कलाकार छ, उ त ठूलो भैसक्यो ।

लभ गर्दै हिडेको छ ¬।’ अनुभवले रियल लाइफमा प्रेम गर्दै हिडेका छैनन् । नाई नभन्नु ल को सिरिजमा भने उनी प्रेममा परेको देखाइएको छ । सायद, निर्देशकले फिल्मको कथामाथि आलोचना गरेका होलान् ।

For More videos Log on to Mazzako TV